सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

अत्तरिया – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा दिएका छन् । बिहीबार विश्वासको मत लिने तयारीमा रहेका उनले अन्तिममा प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा दिएका हुन । मुख्यमन्त्री कमलबहादुर शाह २०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

maya metro hospital

२०७९ पुस २७ गते नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले माघ २६ गते विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा केन्द्रमा समीकरण फेरिएसँगै विश्वासको मत नपाएपछि शाहलाई सोही दिन तत्कालीन प्रदेश प्रमुख देश राज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

शाहले पहिलो पटक दुई तिहाइ विश्वासको मत पाएका थिए । २०७९ फागुन २१ गते बसेको प्रदेशसभामा उनलाई काँग्रेसका १९ सहित माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र एक सांसदले विश्वासको मत दिएका थिए । केन्द्रमा सत्ता समीकरणमा आएको परिवर्तन सँगै फागुन २३ गते माओवादी र एकीकृत समाजवादीले मुख्यमन्त्रीको साथ छोडेपछि उनी अल्पमतमा परेका थिए ।

attariya hospital

उनले यस बिचमा नागरिक उन्मुक्तिका, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत लिने प्रयास गरे पनि नागरिक उन्मुक्ति भित्रको किचलोका कारण त्यो सम्भव नभएपछि उनले राजीनामा दिएका हुन ।

मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिन दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । पछि ५ बजे सम्मको लागि सारिएको बैठकमा पनि विश्वासको मत जुट्ने सम्भावना नदेखेपछि मुख्यमन्त्री शाह राजीनामा दिन पुगेका छन् । सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री बनेका शाह कैलाली क्षेत्र नम्बर २ प्रदेश (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.