धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभाको बैठक सारिएको छ । मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेलाई बोलाईएको बैठक ५ बजेसम्म सारिएको हो ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक दुई घण्टा सारिएको बताए । बिहीबारको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिनेछन् तर सत्ता साझेदार नाउपभित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।
नाउपाकी प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई अध्यक्ष रञ्जिता श्रेष्ठले कारवाही गरेकी छन् भने श्रेष्ठ निकट कैलाश चौधरी र टीका थापा संघीय राजधानी काठमाडौंमा छन् ।
मुख्यमन्त्री शाहले उनीहरूलाई फकाएर धनगढी बोलाउने प्रयास गरिरहेको बुझिएको छ । स्वतन्त्र सांसद डा. तारा जोशी पनि काठमाडौंमा रहेको बताइएको छ ।