धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिदैं छन । केन्द्रमा शक्ता समितिकरणमा आएको परिवर्तन पछि शाहले बिहिबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन । उलने प्रदेश सभामा विश्वासको मत लिनका लागि सभामुखलाई पत्राचार गरिसकेको जनाएका छन ।

आफ्नो दल सँगै नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य दलका प्रदेशसभा सदस्यबाट समेत विश्वासको मत पाउने दावी गरेका मुख्यमन्त्रीले बहुमत पु¥याउनेमा भने ढुक्क हुने आधार बनेको छैन ।

अहिले शाहसँग कांग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन कायम रहेको बताइन्छ । राप्रपा एक जना प्रदेशसभा सदस्यले पनि मत दिने दावी गर्दै आएका मुख्यमन्त्री शाहलाई भनेअनुसार सहज भने छैन । नागरिक उन्मुक्तिमा देखिएको विवाद, राप्रपा, स्वतन्त्र सांसदबाट विश्वासको मत पाउने सुनिश्चित नभएकाले मुख्यमन्त्री शाहले विश्वासको मत पाउँछन् भन्नेमा शंका कायमै छ ।

नाउपामा उथलपुथल
मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का तर्फबाट पक्ष र विपक्षमा मत दिन र नदिन छुट्टाछुट्टै निर्देशन (ह्विप) जारी गरिएको छ । पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बिहीबार प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन् । पार्टीका अध्यक्षद्वारा हस्ताक्षरित पत्रमा नाउपा, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको र संसदीय दलको नेताको रुपमा घनश्याम चौधरीले काम गरे पनि प्रदेशसभाको महत्वपूर्ण निर्णयमा पार्टीको केन्द्रिय अध्यक्षलाई ह्विप लगाउने अधिकार भएकाले मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरिएको उल्लेख छ ।
अध्यक्षको पत्र सार्वजनिक भएलगत्तै सुदूरपश्चिम प्रदेशसभा, नागरिक उन्मुक्ति पार्टी, संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराथारुले मुख्यमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न प्रदेशसभाका सदस्यलाई अर्को निर्देशन (ह्विप) जारी गरेका छन् ।
प्रमुख सचेतक डगौराथारुले जारी गरेको पत्रमा यही चैत २२ गते दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले आफूमाथि विश्वासको मत छ भनी पेस गर्ने प्रस्तावको पक्षमा अनिवार्य उपस्थित भई मतदान गर्न र तटस्थ नबस्न राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्देशन (ह्विप) जारी गरिएको उल्लेख छ ।
यसअघि प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री एवं समानुपातिक सांसद इन्दिरा गिरीलाई पार्टी अध्यक्ष रन्जिताले कारबाही गरिसकेकी छिन भने नयाँ समानुपातिक सांसदमा तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ ।
गिरी पार्टीको विधान र नीति विपरीत सरकारबाट फिर्ता नभएपछि उनलाइ कारबाही गर्दै बोहरालाई सिफारिस गरिएको टीकापुरका मेयर समेत रहेका नाउपाका संस्थापक नेता रामलाल डंगौराले बताए । रञ्जिता पक्षीय नेता डंगौराले नै इन्दिरा गिरीलाई कारबाही गरिएको पत्र सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीलाई बुझाएका थिए ।
उता पार्टीका संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्री चौधरीले भने सिधै कारबाही गर्ने अधिकार केन्द्रिय अध्यक्षलाइ नभएको बताए ।
नाउपाभित्र पछिल्ला दिनमा चर्किएको विवादले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस छ । सो पार्टीको सहयोगबिना नयाँ गठबन्धनका पक्षमा बहुमत पुग्दैन ।
