गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले आज बिहान प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएका हुन् ।

maya metro hospital

सत्ता गठबन्धन परिवर्तनसँगै माओवादीले समर्थन फिर्ता लिएपछि उनी गएको फागुन २३ गतेदेखि अल्पमतमा थिए । उनले आजसम्म विश्वासको मत लिनुपर्नेमा विश्वासको मत नलिई राजीनामा दिएका हुन् ।

अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् । सत्ता गठबन्धनले बहुमत जुटाएर दाबी पेस गरे नयाँ सरकार बन्छ । नभए उपधारा ३ अनुसार ठूलो दलको हैसियतले पाण्डे नै मुख्यमन्त्री बन्नेछन् ।

attariya hospital

गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । २ सदस्य रहेको राप्रपाले दिएमा मात्रै गठबन्धनको बहुमत पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.