आफू पार्टी अध्यक्ष रहेको रेशमको दावी

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको अध्यक्ष आफू रहेको दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर निस्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै संरक्षक चौधरीले आफू पार्टीको अध्यक्ष रहेको दाबी गर्दै रञ्जिता श्रेष्ठ निवर्तमान अध्यक्षमात्र रहेको बताए ।

maya metro hospital

लाखौँ जनताबाट चुनिएर आएको अध्यक्ष आफू रहेको रेशमको भनाइ थियो । निर्वाचन आयोगले भन्दैमा आफू पार्टीको अध्यक्ष नरहेको भन्न नमिल्ने टिप्पणीसमेत गरे ।

निर्वाचन आयोगले त प्रधानमन्त्री प्रचण्ड र विप्लवलाई पनि स्वीकार गरेको थिएन तर उनीहरू पार्टी अध्यक्ष हुँदै कहाँ कहाँ पुगिसकेको भन्दै रेशमले अध्यक्षको विवाद विचाराधीन रहेका कारण फैसला नआएसम्म आफू नै अध्यक्ष रहेको दाबी गरे ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.