काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको बताएकी छिन् । उनले सूचना निकाल्दै यही चैत २३ र २४ गते बोलाइएको बैठक आधिकारिक नभएको बताएकी हुन् ।

टीकापुर महाधिवेशन (जसलाई निर्वाचन आयोगले मान्यता दिएन)बाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर २३ र २४ चैतमा बैठक आह्वान गरेका थिए । तर, मंगलबार रञ्जिताले सूचना निकाल्दै त्यो बैठक आधिकारिक नभएको बताएकी छन् ।

