रञ्जिताले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरिन्

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेकी छन् ।

maya metro hospital

उनले पार्टीका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेकोले दुबै जना प्रदेश अध्यक्षलाई निष्कासन गरिएको उल्लेख गर्दै पत्र पठाएकी हुन् ।

citizen security services

सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता वर्तमान सत्ता गठबन्धनको समर्थनमा छिन् भने संरक्षक रेशम चौधरी त्यसको विपक्षमा छन् ।यही क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।

 

attariya hospital

 

 

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.