सुदूरपश्चिमका मुख्यमन्त्रीले चैत्र २२ गते विश्वासको मत लिने

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका हुन् ।

Karma Consultancy
belauri nagarpalika

मुख्यमन्त्री शाहको पत्र दर्तापछि चैत २२ गते दिउँसो ३ बजे बैठक आह्वान गरिएको सभामुख भीम भण्डारीले जानकार दिए । साथै चैत २१ गते बुधबार ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
फाुगन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

citizen security services

अहिले कांग्रेसका १८, माओवादीका सभामुखसहित ११ एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ७, नेकपा एकीकृत समाजवादीका ४ साथै स्वतन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १÷१ जना संसद छन् ।
विश्वासको मतका लागि वातावरण बनाउन मुख्यमन्त्री शाह सोमबार बेलुका काठमाडौं गएका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.