सदस्यको आर्थिक उत्थानतिर विश्वज्योतीको ध्यान

देशको विकट प्रदेशका रुपमा हेरिने सुदूरपश्चिमको राजधानी तोकिएको कैलाली जिल्लाका केही स्थानहरुमा अझै पनि अशिक्षा र गरिबीले जरो गाडेको अवस्था छ । अशिक्षा, गरिबी र जनचेतनाको अभावका कारण यहाँका महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रुपमा पछि परेका छन । जिल्लाको तत्कालिन गेटा गाविसका महिलाहरुको अवस्था पनि दयनिय भएको अवस्थामा विश्वज्योती महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाको स्थापना भएको हो ।

maya metro hospital

हाल गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाका विभिन्न वडाहरुमा रहेका महिलाहरुलाई मुख्य गरी आर्थिक रुपमा माथि उकास्न स्थानिय केही महिलाहरु मिलेर सहकारीको अवधारणा ल्याएका थिए । जसअन्र्तगत सुरुवाती चरणमा टोल टोलबाट साना साना समुहहरु बनाई ८० जना महिलाहरु मिलेर २०५८ सालमा सहकारीको स्थापना गरेका थिए । संस्थामा आवद्ध सदस्यहरुको बचत गर्ने बानीको विकास गर्न, सदस्यहरुलाई आयआर्जनमा जोड्न र त्यसका लागि आवश्यक पर्ने ऋण प्रदान गर्न सहकारीले सहयोग गर्दै आईरहेको छ ।

सहकारीले महिलाहरुलाई आत्मनिर्भर बनाउने खालका विभिन्न कार्यहरु पनि गरिरहेको छ । जसमध्ये विभिन्न सिपमुलक तालिम र कृषि क्षेत्रमा सहकारीले लगानी गरिरहेको छ । छरिएर रहेका पुँजीलाई एकिकृत गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्ने सहकारीको मुल लक्ष्य रहेको छ । ३५ हजार शेयरपुँजीबाट सुरु गरिएको सहकारीमा २०८० फागुन मसान्त सम्म आईपुग्दा १ करोड ४७ लाख ५४ हजार १२७ पुगेको छ । संस्थामा सो अवधी सम्म १ हजार ५० जना शेयरसदस्यहरु पनि पुगिसकेका छन । ८० जना र ३५ हजार शेयरपुँजीबाट सुरु भएको संस्थाले विभिन्न आरोह अवरोहहरु पार गरेर २१औ बसन्त पार गरिसकेको छ । संस्थासँग फागुन मसान्त सम्म ५ करोड ६८ लाख ५७ हजार २२७ रुपैया निक्षेप संकलन भएको छ भने उक्त अवधी सम्म संस्थाले कुल ८ करोड ८० लाख ७४ हजार ८२० रुपैयाको कारोबार गरिसकेको छ ।

attariya hospital

संस्थामा आवद्ध सदस्यहरुको आर्थिक उत्थानतिर अग्रसर बनेको सहकारीले सदस्यहरुको सामाजिक र स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ । मृत्यु राहत वितरण, सुत्केरी पोषण खर्च, क्यान्सर, पाठेघर लगायतका दिर्घकालिन रोगीहरुलाई नगद सहयोग, पोशाक वितरण, ज्येष्ठ सदस्यलाई सम्मान लगायतका कामहरु सहकारीले नियमित रुपमा गर्ने गरेको छ । त्यतिमात्रै नभई सहकारीले सहकारी सम्बन्धी सदस्यहरुलाई जानकारी दिने उद्देश्यले सहकारी शिक्षा प्रदान गर्ने, स्वरोजगार बनाउनका लागि विभिन्न तालिमहरु दिने लगायतका काम पनि गर्ने गरेको छ ।

शेयर सदस्यहरुको सामाजिक र आर्थिक हितलाई ध्यानमा राखि सहकारीले देहायमा उल्लेख भए वमोजिमका योजनाहरु बनाएको छ :

१. संस्थामा संलग्न सदस्यहरु र समुदाय विच स्वावलम्बन पारम्परिक सहयोग एवम् मितव्ययीताको अभिवद्धि गरी नियमित बचत गर्न बानी प्रवद्धन गर्ने ।
२. नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेका निक्षेपमा प्रतिस्पर्धात्मक दरमा व्याज दिने ।
३. उत्पादनशिल, आयमुलक, सिपमुलक उद्देश्यका लागि सदस्यलाई उचित व्याजदरमा ऋण प्रदान गर्ने ।
४. आत्मनिर्भरता तथा आत्मविश्वासबारे सदस्यलाई उत्प्रेरित गर्ने ।
५. सदस्यहरुलाई आयआर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउने ।
६. सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने खालका अन्य क्रियाकलापहरु संचालन गर्ने ।
७. साधारण जनताको आर्थिक अवस्थाको विकास र प्रर्वद्धनमा समर्पित भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठनहरुको दाँजोमा पुग्ने उद्देश्य लिई गठित केन्द्रिय संघका सदस्यता ग्रहण गर्ने ।
८. दातृ संस्थाहरुबाट कुनै सर्त नराखि प्राप्त हुने अनुदान स्वीकार गर्ने ।
९. आफ्नो उद्देश्य पुरा गर्नको लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था संग सहयोगात्मक भावना राख्ने ।
१०. सदस्यहरुको सम्वृद्धि र विकासका अधिकतम हितलाई ध्यानमा राखि सहकारी ऐन नियमहरु र यसका विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्य संचालकनका साथै चल अचल सम्पति आर्जन गर्ने, विनियम हस्तान्तरण गर्ने, धरौटी राख्ने, बन्धक राख्ने आदि कार्य गर्ने ।
११. सदस्यहरु तथा संस्थागत विकासका लागि आय आर्जन परियोजना संचालक गर्ने ।
१२. समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समुहको आर्थिक सामाजिक उत्थानमा सहयोग पु¥याउने ।
१३. अन्य संघ संस्थाबाट ऋण लिने र दिने ।
१४. संस्थाको संस्थागत तथा भौतिक विकास गर्ने ।
१५. कृषि व्यवसायलाई आधुनिकीकरण एवं विविधिकरण गरी उत्पादकत्व वृद्धिका लागि एकजुट काम गर्ने ।
१६. संस्थाको कार्य क्षेत्रमा रहेका व्यक्तिहरुको स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, आर्थिक स्थिति र सांस्कृतिक अवस्था तथा वातावरणीय सुधार ल्याउने खालका क्रियाकलापहरु र कार्यक्रमहरु सञ्चालन गर्ने ।

भिडियो

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.