कृषि क्षेत्रमा आफूलाई अब्बल बनाउन सफल साना किसान गेटा

कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्थापनाकालको ऐतिहासिक पृष्ठभुमिलाई निहालेर हेर्ने हो भने यसले साना किसानहरुलाई एकिकृत गरी एउटा विशाल अस्तित्व बनाउन सफल भएको देखिएको छ । सहकारीले देशको ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश साना तथा भूमिहिन किसानहरुलाई सहकारी चेतनामुलक कार्यक्रमहरुमा समावेश गरी उनीहरुको आर्थिक र सामाजिक विकास गर्ने काम मात्रै नभई आयस्तर र जीवनस्तरमा पनि अभिवृद्धि गदै आईरहेको छ ।

maya metro hospital

ग्रामीण क्षेत्रमा विद्यमान गरिबी न्युनीकरण गरी समग्र देशको अर्थतन्त्रको विकासमा टेवा प्रदान गर्ने उद्देश्यले तत्कालिन सरकारले वि.सं.२०३२ साल देखि देशको विभिन्न भागहरुमा कृषि विकास बैंकको अगुवाईमा साना किसान विकास आयोजना स्थापना गर्ने कार्यको थालनी गरेको थियो । जसको परिणाम स्वरुप वि.सं.२०५३ साल आषाढ ३० गते साना किसान विकास आयोजना मालाखेतीको नामले स्थापना भएर सुरुमा यो आयोजनाले गेटालाई कार्यक्षेत्र बनाएर आफनो कार्यक्रमको थालनी गरेको हो । मालाखेतीलाई स्वामित्व हस्तान्तरण गरेपछि वि.सं.२०५८ साल देखि साना किसान विकास आयोजना अनुसरण गेटा नामाकरण गरी गेटा गाविसलाई कार्यक्षेत्र बनाएर संस्थाले आफनो कार्यक्रमहरु अगाडी सञ्चालन गर्दै आएको छ । यसै क्रममा उक्त साना किसान विकास आयोजना अनुसरण गेटाले संस्थागत विकासको विभिन्न चरणहरु पार गर्दै २०६० साल पौष २२ गते डिभिजन सहकारी कार्यालय कञ्चनपुरमा विधिवत रुपमा साना किसान सहकारी संस्था लि. “गेटा” को नामले दर्ता भयो । दर्ता पश्चात मिति २०६१ साल श्रावण १ गते गेटा गा.वि.स.मा बसोबास गर्ने साना तथा भूमिहिन किसानहरुले संस्थाको स्वामित्व र ब्यवस्थापनको जिम्मेवारी बहन गरे । त्यसपश्चात संस्थाले कार्यक्षेत्र भित्र सबैको घरदैलोमा सहकारी सम्बन्धि कार्यक्रमहरु हालसम्म सञ्चालन गदै सबैलाई सेवा उपलब्ध गराउदै आईरहेको छ ।

‘अपनाउन पद्धती सहकारी, हटाउन गरीवि बेरोजगारी’ भन्ने मुलमन्त्रलाई आत्मसाथ लिई गोदावरी नगरपालिका (साविक गेटा गाविस) को गरिब किसानहरुको आवश्यकतालाई मध्यनजर राख्दै सञ्चालन गरीएको यस संस्थाले शेयर सदस्यहरुको आर्थिक विकास मात्र नभई सदस्यहरुको बौद्धिक क्षमतामा बृद्धि गर्नुको साथै सिप र प्रविधि विकासमा सेवा पु¥याएको छ । जसको फलस्वरुप संस्थाको आर्थिक विकासको साथ–साथै सदस्यहरुको आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक र स्वास्थ्य अवस्थामा आमुल परिवर्तन भएको छ । संस्थाले आफ्नो कार्यक्षेत्रमा सहकारीको मूल्य र मान्यतालाई आत्मसाक्षी राख्दै बचत र सामाजिक कार्यलाई बढि भन्दा बढि जोड दिदै व्यवसायी कृषकहरुलाई व्यवसायिक, ग्रामिण उधम कर्जा, तरकारी खेती कर्जा तथा पशुपालन कर्जा समेत प्रदान गदै आइरहेको छ ।

attariya hospital

संस्थाको मुुल उद्देश्य भनेको सदस्यहरुलाई सहकारी सम्बन्धी चेतना जगाउनुुको साथै सदस्यहरुको जिवनमा आर्थिक विकास गर्नु नै रहेको छ । गाउँघरमा रहेका निम्नस्तर भएका महिलालाई समुुहमा आबद्ध गराई सहकारी सम्बन्धी तालीम, गोष्ठी, भ्रमण लगायतका कृयाकलापद्धारा चेतना दिनुुको साथै सफल ब्यावसायी बनाउने काम समेत सहकारीले गर्दै आईरहेको छ । सहकारीको मुल्यमान्यता, सिद्धान्त भित्र रहेर काम गर्न चाहनेहरुको लागी आर्थिक सहयोग गर्ने, काम गर्न चाहने तर पुँजीको अभाव भएकाहरुलाई पुुँजीको ब्यवस्थापन गर्ने लगायतका काम सहकारीले गर्दै आईरहेको छ ।

सहकारीले कृषिक्षेत्रमा आफुलाई अब्बल साबित गर्न सफल भएको छ । गरिबहरुको विकास गरिबहरुवाट नै गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य लिएर स्थानिय २ सय ६४ जना शेयर सदस्यको २४ हजार शेयरपुँजी बाट सुरु भएको सहकारीले आफ्नो २० वर्षे यात्रालाई सदस्यहरुको वृद्धिविकासमा केन्द्रित गरेको छ ।

सहकारीको २० वर्षे अवधीमा सहकारीले सदस्यहरुकै सहयोगका कारण आफुलाई अब्बल साबित गर्न सफल भएको हो । २४ हजार शेयरपुँजि बाट सुरु भएको संस्थामा चालु आर्थिक वर्षको फागुनमसान्त सम्म आईपुग्दा ६ करोड ९२ लाख ९४ हजार शेयरपुँजी रहेको छ । यस्तै सुरुवाती चरणमा २ लाख ३७ हजार निक्षेप रहेको सहकारीमा फागुनमसान्त सम्म २८ करोड ९३ लाख ३५ हजार निक्षेप संकलन भैसकेको छ । संस्थामा उक्त अवधीसम्म ६ हजार १११ सदस्यहरु पनि रहेका छन ।

गोदावरी नगरपालिकामा प्रधान कार्यालय रहेको उक्त संस्थाले धनगढी उपमहानगरपालिका वडा नं. ११ बेला, वडा नं. १४ उर्मा र वडा नं. १५ बेला गरी ३ वटा स्थानमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । जसमार्फत सहकारीले उक्त क्षेत्रका सदस्यहरुलाई सहुलियत रुपमा सेवा प्रवाह गर्दै आईरहेको छ ।

सहकारीले सदस्यहरुको वृद्धि विकास र उनिहरुको आर्थिकस्तरलाई माथि उकास्ने खालका विभिन्न योजनाहरुमा काम गरिसकेको छ भने अझै त्यस्ता कयौँ योजनाहरु बनाउदै लगेको छ । कृषिमार्फत नै सदस्य र परिवारलाई आत्मनिर्भर बनाउने योजनाहरु सहकारीका रहेका छन । संस्थाले शेयरसदस्य मात्रै नभई शेयरसदस्यका छोराछोरीहरुलाई पनि कृषिमै स्वरोजगार र आत्मनिर्भर बनाउन विगतका वर्षहरुमा कृषि सम्बन्धि अध्ययनका लागि इजरायल पठाउने गरेको थियो । पछिल्लो एक वर्ष भने विभिन्न प्राविधिक कारणले संस्थाले इजरायल पठाउन सकेको छैन । सहकारी मार्फत कृषि अध्ययन गरेर आएका विद्यार्थीहरुलाई स्वदेशमै कृषि कर्म गर्नलाई सहकारीले पनि केही सहुलियत प्रदान गर्ने गरेको छ ।

संस्थाले हालसम्म गरेका कार्यहरु

१. किसानहरुलाई ब्यावसायीक रुपमा काम गर्न लगाई सुुलभ रुपमा कर्जा उपलब्ध गराईरहेको छ । जस्मा (पशुपालन कर्जा, ग्रामीण उधम कर्जा, कृषि सम्बन्धी कर्जा)
२. किसानहरुका छोराछोरीहरुलाई कृषि अध्यनको लागी २७ जना विद्याथीहरुलाई इजरायल पठाएको ।
३. सहकारी शिक्षा, वित्तिय साक्षरता, पशुपालन लगायत विभिन्न किसिमका तालीमहरु दिदै आईरहेको ।
४. मलखाद तथा विउविजनहरु सदस्यहरुलाई सुुलभ रुपमा वितरण गर्दै आईरहेको ।
५. सदस्यहरुलाई सुुत्केरी खाजा खर्च, बृद्ध समान भत्ता, मृृतक राहत खर्चहरु उपलब्ध गराई सहयोग गरीरहेको ।
६. पशुुविमा संचालन गरी सदस्यहरुले पालन गरेका पशुको मृत्युु हुुँदा क्षतीपुुर्ति प्रदान गर्दै आएको ।
७. कृषि सम्बन्धी सामग्रीहरु अनुदानमा उपलब्ध गराएको ।
८. कृषि सम्बन्धी काम गर्ने सदस्यहरुलाई नेपाल सरकारका विभिन्न निकायहरुसंग सहकार्य गरी ब्याज अनुुदान उपलब्ध गराउन सहयोग गरेको ।
९. सदस्यहरुलाई आम्दानी भएको रकमबाट बचत गरेर बाँकी रहेको रकम मात्र खर्च गर्नुुपर्छ भन्ने भाबनाको विकास गरेको ।
१०. रोजगारीको सृजना गरेको ।

भिडियो

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.