रेशम चौधरीबाट नाउपाका नेतालाई ज्यान मार्ने धम्की !

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले रेशम चौधरीले आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । उनले आइतबार एउटा छलफलमा रेशमले आफूलाई हत्या पनि हुन सक्छ भनेर धम्की दिएको बताएका हुन् ।

maya metro hospital

उनले आफूसहित टीकापुर नगरपालिकाका मेयर, वडा नं ४ र ५ का वडाध्यक्ष संयुक्त रुपमा मिटिङमा बसेका बेला रेशमले सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढले चारै जनाको हत्या पनि हुन सक्छ भन्दै धम्क्याएको बताएका छन् ।

lotus school

सोमबार रिपोर्टस क्लबको पत्रकार सम्मेलनमा बिकले आफूमाथि भौतिक आक्रमण पनि भएको बताउँदै असुरक्षित महसुस गरिरहेको बताए । आज अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफूमाथि रेशमसँगै आएका व्यक्तिहरुले कुटपिट गरेको बिकले बताए ।

attariya hospital

नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनमा सहभागिताको विषयमा छलफल गर्न तीन सदस्यीय वार्ता टोली बनाएको छ । जसमा नेता दामोदर पण्डित र रमेश बिक पनि छन् । उनीहरुले सरकारमा सहभागिताका विषयमा छलफल गर्न बालुवाटार जाने भनेकामा रेशमले बालुवाटार गए बालुवाटारबाहिरै पिट्ने धम्की पनि दिएको बिकले बताए ।

नेता रेशमले भने आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको बताएका छन् । उनले पार्टीको विवाद पार्टी कार्यालयमै मिलाउन आग्रह गरेको बताएका छन् ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् । उनले नाउपाका ५ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम सरकारबाट बाहिरिने पक्षमा छिन् भने पार्टीका संस्थापक नेता रेशम नबाहिरिने पक्षमा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.