जनताको आशा नतोड्ने योजना ल्याउँछौँ : मन्त्री चौधरी

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरीले जनताको आशा नतोड्ने योजना ल्याउने बताएका छन् । नागरिक उन्मुक्तिबाट सामाजिक विकास मन्त्रीको पदभार ग्रहण गरेका उनले जनअपेक्षाका कामहरू गर्ने बताएका हुन् ।

maya metro hospital

उनले भने, ‘मन्त्रालयका गतिविधि अध्ययन गर्छु । पारदर्शी हिसाबले जनताको आशा नतोड्ने योजना ल्याउनेछौँ । हाम्रो पार्टीका प्रतिबद्धताहरूसमेत पूरा गर्नेछु।’ उनले मन्त्रालयमा हुने अनुचित गतिविधिहरूलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

lotus school
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.