राष्ट्रियसभा उपाध्यक्ष उर्मिलाले दिइन राजीनामा

काठमाडौँ– राष्ट्रियसभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्। बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष उनले राजीनामा पत्र बुझाएकी हुन्।

maya metro hospital

माओवादी केन्द्रबाट उपाध्यक्षमा गत माघ २३ गते निर्विरोध निर्वाचित भएकी अर्यालले हाल सत्ता गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रकै नारायण दाहाल निर्वाचित भएपछि बिहीबार राजीनामा बुझाएकी हुन्।

lotus school

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर उपाध्यक्ष एमालेले लिने यसअघि सहमति भए पनि नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट उपाध्यक्षको आकांक्षा राखेको छ। एकीकृत समाजवादी सरकारमा आउनुअघि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.