धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई बिहीबार जिम्मेवारी दिएसँगै उनले पदभार ग्रहण गरेका हुन् ।


नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिममा पनि एमाले-माओवादीसहितको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

नाउपाका अर्का मन्त्री खुसीराम चौधरीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने मुख्यमन्त्रीको तयारी छ ।
