आजदेखि एसईई परीक्षा सुरु हुँदै

धनगढी – यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

maya metro hospital

आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने छ । परीक्षामा सुदूरपश्चिमका ५५ हजार बढी विद्यार्थी सहभागि हुँदै छन। प्रदेशका ९ ओटै जिल्लाका ५५ हजार १० विद्यार्थीले एसईई दिने भएका हुन् ।

नियमित, ग्रेडवृद्धि, प्राविधिक धारतर्फ गरेर २७ हजार दुई सय ४४ छात्र र २७ हजार सात सय ६६ छात्रा गरेर ५५ हजार १० विद्यार्थी एसइईमा सहभागी हुने भएका छन् । प्रदेशका नौवटै जिल्लामा २११ परीक्षा केन्द्र छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.