अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ

काठमाडौँ- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य राजमती उर्फ रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।

Karma Consultancy
belauri nagarpalika

उनलाई आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

citizen security services

प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला कुमारी धामीले दिएको जाहेरीपछि बमलाई पक्राउ गरेको प्रहरीले बताएको छ । बमले धामीको मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.