धनगढी- सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी ( नाउपा)ले नयाँ गठबन्धनलाई समर्थन गर्ने भएको छ । बुधबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।

टीकापुरमा संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठक बसेको थियो । बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरुमध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी र विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरी मात्रै उपस्थित थिए ।

यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको नाउपाका संस्थापक केन्द्रीय सदस्य टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले बताए ।

बैठकमा संस्थापक रेशम चौधरी पनि सहभागी थिएनन् ।
