कर्णाली पुलबाट हाम फालेका युवक खोज्न गोताखोर परिचालन गरिँदै

धनगढी – कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक खोज्न गोताखोर परिचालन गर्ने तयारी गरिएको छ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमबार एकसाथ १७ जना हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन् ।

maya metro hospital

बेपत्ताको खोजी गर्न गोताखोर खटाउनेबारे सशस्त्र प्रहरी बलसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताए । अहिले इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरेराम डाँगी नेतृत्वको टोली खोजी कार्य गरिरहेको छ । बर्दिर्याको सिमानातर्फ नेपाली सेनाको टिमले खोजी कार्य जारी राखेको इन्स्पेक्टर हरेराम डाँगीले जानकारी दिए ।

होली खेलेपछि नदीमा डाइभ हान्न गएका उनीहरूमध्ये शाही डाइभ हानेर हाम फाल्दा बेपत्ता भएका हुन् । अन्य १६ जनालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.