कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध (खैरो हेरोइन) सहित लालझाडी गाउँपालिका–५ का २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका–३ का २१ वर्षीय दिनेश बिष्ट, शुक्लाफाँटा नगरपालिका–१० का २८ वर्षीय रोशन चन्द र भीमदत्त नगरपालिका–१ का २६ वर्षीय प्रदिप परियार पक्राउ परेका हुन ।

उनीहरुको साथबाट १ ग्राम ६० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ०२००१ ह २२३० नम्बरको अटोमा सवार उनीहरुलाई चेकजाँच गर्न क्रममा लागूऔषधसहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
