बैतडीको मेलौली नगरपालिका विरुद्ध उच्च अदातलमा मुद्धा

बैतडी – बैतडीको मेलौली नगरपालिका र केशरपुर स्वास्थय केन्द्र विरुद्ध मुद्धा दर्ता गरिएको छ । नगरपालिकाको वडा नं १ को बिठ्ठनेका जग्गादाताहरुले नगरप्रमुखसँगै नगरपालिका र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली विरुद्ध मुद्धा दायर गरेका हुन् । १५ शैय्याको अस्पताल निर्माणको विषयलाई लिएर उच्च अदालत दिपायलमा मुद्धा दर्ता गरिएको बताईएको छ ।

maya metro hospital

मेलौली नगरपालिकाले अस्पताल बनाउन चासो नदिएको र नगरप्रमुखसँग यस विषयमा जानकारी माग्दा अस्पताल बनाउन नचाहेको उल्लेख गर्दै मुद्धा दायर गरिएको छ । अदालतले नगरपालिका र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली संग १५ दिनभित्र कारणसहितको जवाफ मागेको छ । फागुन २३ गते नै अदालतले १५ दिनभित्र जवाफ दिन भनेको थियो । तर नगरपालिकाले १५ दिन हदम्याद थप गरेर जवाफ दिने तयारी गरेको छ ।

२०७० सालमा नै केशरपुर स्वास्थ्य केन्द्रलाई स्तरवृद्धिगरी १५ शैय्याको अस्पताल निर्माण गर्न भन्दै संघीय सरकारबाट बजेट आएपनि जग्गा विवादले हालसम्म हुन सकेको छैन । वडा नं १ र ७ का स्थानीयहरुले आ–आफ्नै ठाउँमा अस्पताल निर्माण हुनुपर्ने अडान गर्दा हालसम्म पनि अस्पताल बन्न नसकेको हो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.