प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको प्रथम अधिवेशन चैत १९ गते हुने

कञ्चनपुर – राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको प्रथम अधिवेशन चैत १९ गते हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरले प्रथम जिल्ला अधिवेशन चैत्र १९ गते गर्ने जनाएको हो ।

maya metro hospital

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका संयोजक प्रेम बहादुर रावलले सम्मेलनको तयारी भईरहेको बताए । उनका अनुसार सम्मेलनबाट नयाँ नेतृत्व देखि शैक्षिक विकृती विरुद्धमा एजेण्डा पारित गरिने छन ।

सम्मेलनमा राप्रपाका शिर्ष नेतादेखि विद्यार्थी सङ्गठनका नेताहरुको सहभागिता हुनेछ । सङ्गठनले विद्यार्थीहरुको पढाई संग संगै खेलकुदमा पनि सहभागिता गराएर अन्य संगठनहरु भन्दा फरक कृयाकलापको आयोजना गर्दै आएको छ ।

attariya hospital

विद्यार्थी संगठनले अधिवेशन पूर्व फागुन १४ गते सुदूरपश्चिम विश्वविद्यालयमा फुटबल प्रतियोगिताको आयोजना विद्यार्थी संगठनका कार्यवाहक अध्यक्ष शुभम् चन्दले बताए। प्रतियोगितामा पहिलो हुने टिमलाई ५० हजार र दोस्रो ३० हजार पुरस्कार दिइने जनाइएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.