अत्तरियामा युवा उद्यमशिलता परियोजनाको परामर्श बैठक

अत्तरिया – कैलालीको अत्तरियामा युवा उद्यमशिलता परियोजनाको परामर्श बैठक आयोजना गरिएको छ । विकासका लागि युवा ऐक्यवद्धता (यार्ड) ले सञ्चालन गरेको उक्त परियोजना अन्तरगत बुधबार सरोकारवाला निकायसँग परामर्श बैठक आयोजना गरिएको हो ।

maya metro hospital

सोही परियोजना अन्तरगत सञ्चालन भएका १ महिने र ३ महिने शिक्षक तालिमहरु सम्पन्न भएपश्चात उक्त तालिममा सहभागीहरुलाई रोजगारी सृजना गर्ने उद्देश्यले आयोजक संस्था यार्ड नेपालले सरोकारवाला निकायसँग परामर्श बैठक आयोजना गरेको छ । निजि तथा आवाशिय विद्याल अर्गनाइजेसन (प्याब्सन) गोदावरीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न शिक्षाक्षेत्रसँग सम्बद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा १ महिने शिक्षक तथा ३ महिने मन्टेश्वरी तालिममा सहभागी युवायुवतीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा तालिमका सहभागीहरुले तालिममा सिकेका सिपहरुको प्रस्तुती पनि प्रर्दशन गरेका थिए ।

attariya hospital

यार्ड नेपालका अध्यक्ष वंशिराम चौधरी (स्माईल) ले युवायुवतीहरुमा रोजगारी सृजना गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको बताए । उनले उक्त तालिममा सहभागीहरुलाई रोजगारी दिन सक्ने संघसंस्थाहरुसँग उनिहरुको क्षमताको बारेमा जानकारी दिन नै कार्यक्रमको आयोजना गरिएको बताए । युवा उद्यमशिलता परियोजना अन्र्तगत लुथरन वल्र्ड रिलिफको सहयोगमा यार्ड नेपालले तालिमको आयोजना गरेको थियो । तालिमलाई निजि तथा आवाशिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) गोदावरीले सहकार्य गरेको थियो भने गोदावरी नगरपालिकाले समन्वय गरेको थियो ।

यार्डले उक्त परियोजना सहित ४ वटा परियोजनाहरु कैलाली र कञ्चनपुरमा सञ्चालन गरेको छ । जुन विशुद्ध युवायुवतीसँग सम्बन्धीत रहेको यार्ड नेपालका टिम लिडर महेन्द्र शाहीले जानकारी दिए । उनले उक्त परियोजनाले प्लस टु अथवा क्याम्पसमा अध्ययनरत तथा ड्रप आउट भएका युवायुवतीहरुका सवालमा कार्य गर्ने बताए । उनका अनुसार उक्त परियोजनामा १२५ जनालाई रोजगारी दिनसक्ने लक्ष्य राखिएको थियो । जसको कुल बजेट ५० लाख ८० हजार रहेको छ ।

परियोजनामार्फत ३ जनाले रोजगारी पाईसकेको र २० जना इन्टरर्नसिपमा रहेको बताईएको छ । अन्य सहभागीहरुले पनि विभिन्न कार्यहरुबाट आम्दानी गरिरहेको शाहीले बताए । प्याब्सनका नगर अध्यक्ष श्याम खत्रीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशी रहेका थिए । कार्यक्रमको सञ्चालन प्याब्सन गोदावरीका सचिव मदन राज जोशीले गरेका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.