गोदावरीमा टुईन्च मोटर बम भेटियो

अत्तरिया – कैलालीको गोदावरीमा टुईन्च मोटर बम फेला परेको छ । बुधबार गोदावरी नगरपालिका–४ को हाटखोलीमा टुईन्च मोटर बम फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नेपाली सेनाले प्रयोग गर्दै टुइन्च मोटर बम फेला परेको बताए । उनका अनुसार स्थानीयले हाटखोलीस्थित खोलामा टुइन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

maya metro hospital

प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको थियो । उक्त टोलीले बमलाई डिस्पोज गरिसकिएको प्रहरीले जनाएको छ । हाटखोली क्षेत्रमा नेपाली सेनाले तालिम अभ्यास गर्ने गरेका कारण सोही क्रममा बम हराएको हुनसक्ने अनुमान गरिएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.