क्याप्टेन उप्रेतीको ‘भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’माथि विमर्श

कञ्चनपुर- क्याप्टेन वेद उप्रेतीको ‘दुर्गम विस्मयलोक–भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि विमर्श गरिएको छ । उनको पुस्तकमाथि आज कञ्चनपुरको महेन्द्रनगरमा विमर्श गरिएको हो ।

maya metro hospital

यो पुस्तक गत २६ फागुनमा काठमाडौँमा लोकार्पण गरिएको थियो । पुस्तकमा सुदूरपश्चिमका पर्यटकीय स्थल र पर्यटनका सम्भावनाहरूलाई शब्द चित्रमार्फत उजागर गरिएको छ । पुस्तक १२० पृष्ठको छ । पुस्तकमा पर्यटकीय वास्तविक परिदृश्य र ती स्थलको विकासपछिको अवस्थाको कल्पना गरिएका ९४ ओटा तस्बिर समावेश छन् ।

क्याप्टेन उप्रेतीले सुदूरपश्चिमको सुन्दरता पुस्तकमार्फत व्यक्त गर्न खोजेको बताउँदै प्रदेशका प्रत्येक जिल्लाका पर्यटकीय स्थल र यहाँका सम्भावनाबारे पुस्तकमा उल्लेख गरिएको बताए । उनले सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा चिनाउन खोजेको बताए ।

attariya hospital

पुस्तक विमर्श कार्यक्रममा वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, भीमदत्तका नगरपालिकाका नगरप्रमुख पदम बोगटी, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायतको उपस्थिति थियो । यसअघि उनको गृहनगर धनगढीमा पनि पुस्तकमाथि विमर्श गरिएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.