कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । बेलौरी नगरपालिका–६ नकैयाबाट उत्तराखण्ड प्रदेशको लखिमपुर ग्राम खजुरीया भारतका १८ वर्षीय सर्वेशकुमार चौहान पक्राउ परेका हुन् ।
उनलाई पैदल आउँदै गरेको अवस्थामा पाइन्टको खल्तिमा १० दशमलव २ ग्राम लागुऔषध फेला पारी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । उनलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।