एमाले कञ्चनपुरका पदाधिकारीलाई मध्यरातमा शपथ

महेन्द्रनगर – एमाले कञ्चनपुरको नवौ अधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीले सोमबार राति पद तथा गोपनियताको शपथ खाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जिल्ला अध्यक्ष सहित पदाधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

maya metro hospital

होटेल ओपेरामा आयोजित कार्यक्रममा एमाले केन्द्रीय आयोगका सदस्य मनोज खड्काले अध्यक्ष लक्ष्मी बुढालाई शपथ खुवाए । त्यसपछि अध्यक्ष बुढाले कमिटीका उपाध्यक्ष सचिव र उप सचिवलाई शपथ ग्रहण गराएकी हुन् ।

नवौ अधिवेशनबाट अध्यक्ष बुढा सहित उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लवराज भट्ट र उप सचिवमा राजीव खड्का र अशोृक कमाुर चन्द निर्विरोध भएका हुन् । जिल्ला कमिटीका सदस्यहरुको शपथ भने अर्को दिन गरिने भएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.