डोकेबजारबाट लागूऔषध सहित २ जना पक्राउ

अत्तरिया – कञ्चनपुर, पुनर्वास नगरपालिका – ११ डोकेबजारबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन । आइतबार साँझ लागूऔषध सहित कैलालीको भजनी नगरपालिका – ८ का २३ वर्षिय बिनोद शाह र भजनी नगरपालिका – १ का २२ वर्षिय अर्जुन बिक पक्राउ परेका हुन ।

maya metro hospital

उनीहरुको साथबाट ४५ ट्याब्लेट नाट्रोजेपाम र १२ क्याप्सुल स्पास अबैध लागू औषध बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा उनीहरुलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.