सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउपर्छ : ओली

कञ्चनपुर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउपर्ने धारणा राखेका छन । कञ्चनपुरको एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्नेमा जोड दिए । ‘देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको छ । हाम्रो नीति अनुसार हामी सुदूरपश्चिमको विकासलाई अगाडी बढाउँछौँ’ उनले भने ‘तीन वर्षमा प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामहरूले अब निरन्तरता पाउँछन् ।’

Karma Consultancy

उनले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तीव्रता पाउने बताए । ‘हामीले सुख्खा बन्दरगाह अगाडि बढाएका थियौँ त्यो काम प्रगतिहीन भयो । दैजीमा हामीले औद्योगिक क्षेत्र शिलान्यास गरेका थियौँ त्यो पनि अगाडि बढेको छैन’ ओलीले भने ‘अब सुदूरपश्चिममा औद्योगिक विकासले गति पाउँछ । यहाँका औद्योगिक विकासको लागि यही बैतडीबाट निर्वाचित दामोदर भण्डारीलाई उद्योग मन्त्री बनाएका छौँ ।’

citizen security services

चाँदनी दोधारामा १० क्युसेक पानी छोड्नु पर्ने सम्झौता भएको तर, त्यो अहिले कार्यान्वयन नभएको भन्दै उनले यस विषयमा कूटनीतिक कुरा गर्ने बताए । ‘यहाँको विकासको कामलाई अगाडी बढाइने छ । कृषिमा आधुनिकीकरण गरिने छ । आधुनिक कृषि प्रणाली लागू गरिने छ । जग्गा धनीपूर्जा उपलब्ध गराइने छ’ ओलीले भने ।

attariya hospital

ओलीले अहिलेको गठबन्धनलाई टिकाएर लैजाने बताए । ‘यो समिकरण अत्यन्त कच्चा हुँदैन भन्ने मैले विश्वास गरेको छु,’ ओलीले भने, ‘यसलाई टिकाएर लैजाने हो ।’ उनले अहिलेको गठबन्धन भवितब्यमा नभई धेरै हिसाबकिताब र छलफल गरेर बनेको दाबी गरे । अध्यक्ष ओलीले अहिलेको गठबन्धन कसैको इच्छा, आकांक्षा र चाहनाले नभई नेपाली जनताले बनाएको बताए । ‘यो गठबन्धन कसैले बनाएको होइन, हामीले बनाएका हौं, चीन आयो चीनले बनायो भनेर हाम्रो अपमान गर्ने काम नगर्नुस्,’ उनले भने, ‘देश बनाउने संकल्पसहित अहिलेको सरकार बनेको हो ।’

उनले पुरानो गठबन्धन भत्किँदा कांग्रेसलाई ठूलो पीर परेको बताए । त्यही पीरले कांग्रेस छटपटाइरहेको उनले बताए । पुरानो गठबन्धन खरानीको डल्लो जस्तै भएकाले फुटेको उनले बताए । नयाँ समिकरण बनेसँगै सरकारले राम्रा कामहरुको सुरुवात गरेको बताए । उनले मिटरब्याजपीडित र आरती शाहसँग सहमति भएकोले सरकारले सकारात्मक र नतिजा दिने गरी काम गर्न थालेको बताए । अध्यक्ष ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न सुझाउँदै त्यसो हुन नसके स्वस्थ प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.