जुनसुकै बेला सरकार ढल्ने खतरा छ : मन्त्री शिवराज भट्ट

धनगढी – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार जुनसुकै बेला ढल्ने खतरा रहेको बताएका छन । बिहिबार धनगढीस्थित सञ्चालिका समूहले आयोजना गरेको लैङ्गिक समानता र सामाजिक समावेशीको सवाल विषयमा तालिमको समापन समारोहमा बोल्दै उनले जनसुकै बेला पनि सरकार ढल्ने खतरा रहेको बताएका हुन ।

maya metro hospital

उनले कार्यक्रममा बोल्दा बोल्दै पनि पद जाने अवस्था रहेको बताएका थिए । उनले भने ‘अहिले घटनाका के हुन्छ थाहा छैन मलाई । म यहाँ बोलिरहेको छु मेरै मन्त्री पद गएको पनि हुन सक्छ ।’

हाल सुदूरपश्चिम सरकार अल्पमतमा परेको छ । नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्दा पनि थप दुई सांसदको समर्थन जुटाउनु पर्ने अवस्था सृजना भएको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले समर्थन फिर्ता लिन सक्ने सङ्केत गरेपछि सरकार झन संकटमा छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.