सत्ताको सति बन्दै नाउपा

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ७ सांसद मध्ये ५ मन्त्री बनेका छन् । ४ जनालाई मन्त्री बनाउँदा पार्टीमा विवाद भएपछि सोमबार नाउपाका नेता लक्ष्मण किशोर चौधरीलाई पनि विना विभागीय मन्त्री बनाइएको थियो । प्रदेशमा कांग्रेसलाई सरकार जोगाउन परेको बाध्यताको फाइदा उठाउँदै नाउपाले प्रदेश सरकारको व्ययभारको व्यवस्था गर्दै विना विभागीय मन्त्रीमा मात्रै २ जनालाई सरकारमा पठाएको छ । यद्यपि अझै पनि प्रदेश सरकार जोगाउन बहुमत भने पुगेको छैन ।

Karma Consultancy

प्रदेशमा सत्तामा पुग्न केन्द्रमा प्रतिपक्षीका रूपमा रहेको कांग्रेस सँग सहकार्य गरेको नाउपाले केन्द्रमा भने सत्तामा रहेको माओवादी नेतृत्वको सरकारलाई सहयोग गरेको छ । नाउपाको चर्को आन्तरिक किचलोका बिच बुधवार नाउपाले केन्द्रमा पनि सत्ता पक्षमा मतदान गरेपछि सत्ताकै लागि नागरिक उन्मुक्ति पार्टी सति गएको टीकाटिप्पणी गर्न थालिएको छ ।

citizen security services

पार्टीका संरक्षक रहेका रेसम चौधरी र उनकी श्रीमती रञ्जिता श्रेष्ठ बिचको दोहरीले पनि नागरिक उन्मुक्तिको सत्ता मोहलाई उदाङ्गो पारेको छ । विचार, सिद्धान्तको धज्जी उडाउँदै अहिले रेसम प्रदेशको सत्ता जोगाउनमा लागेका छन् भने रञ्जिता केन्द्रमा सत्ता जोगाउन लागेका छन् । पार्टीको विचार सिद्धान्त भन्दा पनि अहिले पार्टीमा व्यक्ति हाबी हुने प्रतिस्पर्धा चलेको छ । जसलाई पार्टीका नेताहरूले सार्वजनिक अभिव्यक्ति, विज्ञप्ति मार्फत छताछुल्ल पारेका छन् ।

attariya hospital

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला रेसमले रन्जितालाई सम्झाउन नसकेको अभिव्यक्ति दिएका छन् भने रन्जिताले रेसम सँग विचारमा मात्रै मतभेद रहेको बताइकी छिन । रेसमले सामाजिक सञ्जाल मार्फत रन्जितालाई केन्द्रमा एक मन्त्रीकै लागि सरकारमा सहभागी नहुन सुझाएका थिए ।

उनले लेखेका छन् ‘नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उखेल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो, हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो ।’ केन्द्रमा सत्तामा सहभागी नहुँन जोडबल गरेका रेसमले प्रदेशमा भने सत्ताको रहिरहन ५ जनालाई मन्त्री बनाइसकेका छन् ।

नाउपाकी अध्यक्ष श्रेष्ठले भने रेसम चौधरीसँग वैचारिक मतभेद रहेकाले अहिलेको अवस्था सृजना भएको बताइकी छिन । ‘हाम्रोबिचमा छलफल भएको थियो । म र रेसमजीले पार्टीगत रूपमा बसेर छलफल गरेका थियौँ । त्यही अनुसार उहाँले लेख्नुभएको हो’ रञ्जिताले भनिन् ‘आफूहरूका बिचमा फरक विचार भएकै कारणले परिवार फुट्दैन ।’

आफूहरूको पारिवारिक सम्बन्धमा कुनै समस्या नरहेको पनि उनले बताइन् । आफूहरू २५ वर्षदेखि सँगै रहेको भन्दै उनले थपिन्, ‘परिवारका हाम्रो त्यस्तो केही पनि छैन ।’ पार्टीमा फरक–फरक विचार बोकेकाहरू जोडिने भएकाले त्यसको समुचित रूपमा निरूपण हुने र हुँदै जाने पनि रञ्जिताको भनाइ छ ।

यसअघि, नाउपाले टिकापुरको कैलालीमा गरेको महाधिवेशनले रेसम चौधरीलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाएको थियो । तर, चौधरी फौजदारी अभियोगमा दोषी ठहर भई कैद भुक्तान गरेको व्यक्ति भन्दै निर्वाचन आयोगले महाधिवेशनको निर्णय अनुसार पार्टीको अभिलेख अद्यावधिक नगरेपछि श्रेष्ठ अध्यक्ष बनेकी थिइन ।

अहिले श्रीमान् श्रीमती बिचको विवादले पार्टी दुई धारमा विभाजित भएको छ । उनीहरूले फरक फरक विचार भएका कारण पार्टीमा समस्या आएको बताए पनि उनीहरूका गतिविधिले भने पार्टीमा सत्ताका लागि लडाई चलेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.