प्रधानमन्त्रीले आज विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार संसदमा विश्वासको मत लिँदै छन्। उनले यो संसदमा तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

Karma Consultancy
belauri nagarpalika

एक साताअघि कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपालगायतसँग नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् फेरबदल गरेका थिए। यससँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिने बाध्यता आइपरेको हो।

citizen security services

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न प्रधानमन्त्रीले पेश गर्ने प्रस्ताव छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिनेछ।

attariya hospital

बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन्। त्यसपछि सभामुखले तोकिएको प्रक्रियामाफत टुंगो लगाउने छन्।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.