एमाले बैतडीको जिल्ला अधिवेशन आजदेखि

बैतडी- नेकपा एमाले बैतडीको नवौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । जिल्ला अधिवेशन पाटनमा सुरु भइरहेको हो ।

maya metro hospital

एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका अनुसार दिउँसो १२ बजे अधिवेशनको उद्घाटन गरिनेछ । अधिवेशनका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र केन्द्रीय सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आइतवार नै बैतडी पुगिसकेका छन् भने राजेन्द्रसिंह रावल, कर्णसिंह थापासहितका नेता पनि बैतडी पुगेका छन् ।

अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयन गरिनेछ । अधिवेशनका लागि ६३१ जना प्रतिनिधि छनौट भइसकेका बताइएको छ । १२६ जना आयोजक, ४४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका एमाले बैतडीले जनाएको छ ।

 

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.