उपनिर्वाचनको उम्मेदवार बन्न सुवास नेम्वाङका छोरा सुहाङले दिए निवेदन

काठमाडौ- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् । पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि पार्टीमा निवेदन दिएका हुन् ।

maya metro hospital

एमालेले बनाएको उम्मेदवार छनौट समितिले आकांक्षीलाई आइतबार (आज)साँझसम्मको समयसीमा दिएको छ । हालसम्म ६ जनाले निवेदन दिएको उक्त समितिका सचिव उमेश गुरुङले जानकारी दिए ।

उनका अनुसार निवेदन दिनेहरुमा सुहाङसहित रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.