गृहजिल्ला बैतडी पुगे मन्त्री भण्डारी By अत्तरिया अनलाइन On फाल्गुन २७, २०८० बैतडी- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृहजिल्ला बैतडी पुगेका छन् । आइतबार दिउँसो बैतडी पुगेका उनलाई गृहनगर पाटनमा स्वागत गरिएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी भोलिदेखि सुरु हुने एमाले बैतडीको नवौँ जिल्ला अधिवेशनका लागि गृहजिल्ला आएका हुन् ।