सुदूरपश्चिम सरकार विस्तार, नाउपाका ३ मन्त्रीले लिए शपथ

अत्तरिया – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्री हटाएका मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ३ मन्त्री समेटेर सरकार विस्तार गरेका छन् ।

maya metro hospital

नाउपाबाट संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, इन्दिरा गिरी कृषि राज्यमन्त्री र खुसीराम चौधरी बिना विभागीय मन्त्री बनेका छन् ।

उनीहरूलाई प्रदेश प्रमुख देव राज जोशीले पद तथा गोपिनियाताको शपथ ग्रहण गराएका छन् । यसअघि नाउपाबाटै राज्यमन्त्री रहेका कैलाश चौधरीलाई भने फिर्ता बोलाइएको छ ।

attariya hospital

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शिवराज भट्ट, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरीले जिम्मेवारी पाएका छन् । बाँकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफूसँगै राखेका छन् ।

सरकार विस्तार पछि पत्रकारहरू सँग कुरा गर्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकार बहुमत लिनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.