सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तारको कसरतमा मुख्यमन्त्री शाह

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह मन्त्रीमण्डल विस्तारमा जुटेका छन । केन्द्रको गठबन्धन पश्चात नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समावादीका सांसदहरुले समर्थन फिर्ता लिदा अल्पमतमा परेका मुख्यमन्त्री शाह नागरिक उन्मुक्ति पार्टीबाट ग्रिन सिग्नल पाएसँगै मन्त्रीमण्डल विस्तारमा जुटेका हुन ।

Karma Consultancy

बिहीबार अबेर रातिसम्म नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, राप्रपा, स्वतन्त्र सांसद तारा जोशीसहितको चार पक्षबिच छलफल चलेको थियो । छलफलमा नाउपाले ग्रीन सिग्नल दिदा मुख्यमन्त्री शाह राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाउने गरी केन्द्रित बनेका छन । छलफलको अन्त्यमा राप्रपाकी एक्ली सांसद खिमा देवी बिष्टले केन्द्रको निर्णय पर्खिने अडान राखेपछि बिहिबार साँझ नै मन्त्रीमण्डल विस्तार गर्ने सोच बनाएका मुख्यमन्त्री शाह रोकिएका हुन ।

citizen security services

अझै प्रदेश सरकारमै रहेको नाउपासहित स्वतन्त्र सांसद जोशी र राप्रपाले सहयोग गरेको अवस्थामा मुख्यमन्त्री शाहलाई सुविधाजनक बहुमत पुग्छ । राप्रपा तयारको भएको अवस्थामा आजै मन्त्रिपरिषद् विस्तार हुने बताईएको छ । समाजवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन छ ।

attariya hospital

नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ र १ जना स्वतन्त्र सांसद जोशी गरी २६ जना सांसदले उनलाई समर्थन गरेका छन् । यहाँ बहुमतको सरकार बनाउन २७ सिट आवश्यक पर्ने हुँदा मुख्यमन्त्री शाह राप्रपा सांसदलाई साथमा लिन अन्तिम कसरतमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.