
अत्तरिया – लागूऔषध सहित कैलालीको गोदावरी नगरपालिका – १२ ओलानीका एक युवक पक्राउ परेका छन । बुधबार धनगढी उपमहानगरपालिका – २ त्रिनगर ब्यारेलबाट ओलानीका २० वर्षिय सन्जय परियार पक्राउ परेका हुन ।
उनको साथबाट ७५० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद गरी थप अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
