वीरगन्ज – नयाँ गठबन्धनको सरकारमा सहभागि हुने नहुने विषयमा टुंगो लगाउन बुधबार बसेको जनता समाजवादी पार्टी (जसपा) को बैठक अनिर्णित बनेको छ । काठमाडौंमा बुधबार बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागि हुने नहुने विषयमा निर्णय गर्न नसेको हो । बैठकमा सहभागी जसपाका प्रमुख सचेतक प्रदीप यादवले बैठक निष्कर्षविहिन सकिएको र फेरि बैठक बसेर यसबारे निर्णय लिने जानकारी दिए ।
उनले बैठकमा सरकारमा सहभागि हुने नहुने विषयमा गहन छलफल भएको बताए । उनले सरकारमा जान जसपाको केहि शर्त रहेको र ती शर्त सम्बोधन हुने भएपछि मात्र पार्टीले अन्तिम निर्णय गर्ने उनले बताए । प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् ।