अत्तरिया – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले महायज्ञले गाउँघरमा भएका नकारात्मक भावना हटाउन मदत गर्ने बताएका छन् । मंगलबार कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ मंगलनगर मोहना तटमा रहेको कृष्ण प्रणामी सेवा धाममा सुरु भएको महायज्ञको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । उनले महायज्ञले मानिसमा धर्मप्रति सकारात्मक दृष्टिकोण जगाउने बताए ।


‘ज्ञानको माध्यमबाट गाउँघरमा भएका विकृति विसङ्गति अनाचार दुराचार नकारात्मक किसिमका भावनाहरू यस ठाउँबाट बिदा लिनेछन्’ उनले भने ‘अवश्य पनि राष्ट्रियताको भावना धर्मप्रतिको सकारात्मक दृष्टिकोण, मनुष्यको कर्तव्य, मानिसको महत्त्व जानकार हुने छौ ।’

उनले महायज्ञमा पुरुषले गर्ने दायित्व महिलाले गर्ने दायित्वबारे पनि जानकारी लिन मिल्ने बताए । उनले महायज्ञलाई आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

धाममा मूर्ति स्थापना, धार्मिक पर्यटकीय स्थल संरक्षण प्रचार प्रसार गर्न सुरु भएको महायज्ञ फागुन २८ गते सम्म सञ्चालन हुने छ ।