सुदूरपश्चिममा अन्योल, निर्णायक शक्तिले निष्कर्ष निकाल्न सकेनन्

अत्तरिया – राष्ट्रिय राजनीतिको समिकरणमा आएको परिवर्तन सँगै सुदूरपश्चिम सरकार भविष्य अन्योलमा परेको छ । सरकारले अझै समर्थन नगुमाएको भए पनि आगामी दिनमा के हुने भन्यो अन्योल भने कायमै छ । प्रदेशसभामा हाल कायम रहेका ५२ सदस्य मध्ये एमाले र राप्रपा बाहेकका दलको सहयोगमा सरकार गठन भएको थियो । कांग्रेस नेतृत्वमा रहेको सरकारले हाल आफूलाई समर्थन गरेको नेकपा माओवादीका मन्त्रीलाई हटाए पनि एकीकृत समाजवादीका र नागरिक उन्मुक्ति पार्टीका मन्त्री भने सरकारमै छन् । जसले गर्दा हाल पनि सरकारलाई आवश्यक बहुमत रहेको भए पनि आगामी दिनमा के हुने भन्ने टुङ्गो छैन ।

maya metro hospital

सुदूरपश्चिममा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद छन् । यहाँ बहुमतका लागि कम्तीमा २७ जना सांसदको समर्थन आवश्यक हुन्छ । नयाँ प्रदेशको सरकारमा रहेका पार्टीको मत गणना गर्दा कांग्रेसको १८, नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादी ४ गरी २९ सांसद छन् । तर, वर्तमान सरकारलाई नागरिक उन्मुक्तिका र एकीकृत समाजवादीले समर्थन दिने वा नदिने टुङ्गो लागेको छैन ।

lotus school

यसै विषयमा छलफल गर्न मंगलबार नागरिक उन्मुक्ति पार्टीको बैठक बसे पनि विना निष्कर्ष सकिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र पदाधिकारी बैठक विना निष्कर्ष बनेको हो । बैठक पुन बुधवार बस्ने जनाइएको छ । यद्यपि नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी गर्दै आएको छ ।

attariya hospital

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी भने पर्ख र हेरको अवस्थामा रहेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेको समाजवादीले बदलिएको नयाँ राजनीतिक समीकरणपछि सुदूरपश्चिममा अझै ठोस निर्णय गर्न नसकेको हो ।
मंगलबार बसेको समाजवादीको संसदीय दलको बैठकले केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको बैठक आज पनि बस्दैछ । सुदूरपश्चिम प्रदेश सरकारमा समाजवादीको तर्फबाट आर्थिक मामिला मन्त्री बनेका नरेश बहादुर शाही अझै यथावत् रहेका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको सरकार जोगिने आधार रहेको दुई दल निर्णय विहीन हुँदा मुख्यमन्त्रीले मंगलबार माओवादीबाट सरकारमा सहभागी मन्त्रीलाई हटाइसकेका छन् ।
यद्दपी उनले अहिलेको गठबन्धनलाई कायम राख्न भने जस्तोसुकै किसिमको सहमति गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.