हटाएका मन्त्रीको प्रशंसा गर्दै मुख्यमन्त्री शाहले भने ‘जस्तोसुकै सहमति गर्न तयार छौ’ 

maya metro hospital
अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले  सबैलाई मिलाएर लैजान जस्तोसुकै किसिमको सहमति गर्न तयार रहेको बताएका छन् । मंगलबार मन्त्रीमण्डल हेरफेरका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले पनि आफूहरू गठबन्धन जोगाउनु पर्छ भन्ने मान्यतामा रहेको बताए ।
‘गठबन्धन दल भित्र हामी संवादमै छौ । हाम्रो अहिले पनि गठबन्धनलाई जोगाउनु पर्छ भन्ने मान्यतामा छौ’ उनले भने ‘हामी सबैलाई मिलाएर लैजान जस्तो किसिमको सहमति गर्न पनि तयार छौ ।’
attariya hospital
उनले राष्ट्रिय राजनीतिमा जस्तोसुकै प्रभाव परे पनि आफूहरू प्रदेशमा एमाले सँग पनि सहकार्य गर्न तयार रहेको बताए ।
‘राष्ट्रिय राजनीतिको प्रभाव प्रदेशमा परे पनि हामी संवादमै छौ । हामीले माओवादीका साथीहरूलाई सङ्घीय सरकारमा एउटा परिस्थिति बने पनि प्रदेशमा मिलेर जाऊ न भन्ने कुरा पनि छ’ उनले भने ‘त्यति मात्रै नभएर हामी एमाले लगायतका सबै दलहरू नयाँ परिस्थिति निर्माण गरेर अगाडि बढै भन्ने कुरा विभिन्न कोणबाट चलेका छन् ।’
यती भन्नुभन्दा अघि भने उनले माओवादीबाट सरकारमा सहभागी मन्त्रीलाई हटाएर नयाँ मन्त्रिमण्डल हेरफेर गरेको जानकारी गराएका थिए । उनले भने ‘आज आएर राष्ट्रिय राजनीतिमा गठबन्धन दलभित्र नयाँ परिस्थिति निर्माण भइसकेपछि यसको स्वाभाविक असर प्रदेशहरूमा पनि पर्ने भो । त्यस कारणले यो प्रदेशमा पनि मन्त्रीमण्डलमा हेरफेर गरेका छौ ।’
उनले  संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश सरकारको मौजुदा मन्त्रिपरिषद्मा हेरफेर, कार्य विभाजन गरिएको बताए । जसअनुसार यसअघि नेकपा माओवादी केन्द्रले सम्हालेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय मुख्यमन्त्री मातहतमा राखिएको उनले बताए ।
प्रकाश बहादुर देउवा भौतिक पूर्वाधार मन्त्री, नरेश कुमार शाह आर्थिक मामिला मन्त्रालय,  शिवराज भट्ट आन्तरिक मामिला तथा कानुन मन्त्रालय, रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा  सहकारी मन्त्रालय र कैलाश चौधरी राज्यमन्त्री भूमि व्यवस्था कृषि तथा सहकारीमा भने यथावत् रहेका छन् ।
मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्मा हेरफेर गरेकाले कसैलाई बर्खास्त नगरिएको दाबी गरे ।
माओवादीका मन्त्री रमेशसिंह धामी र झपट साउँदको मन्त्रालय आफू मातहत लिएका मुख्यमन्त्री शाहले हटाउनुको कारण केन्द्रीय समीकरण फेरबदल हुने भएको बताए पनि उनीहरूको कार्यशैलीको भने प्रशंसा गरेका थिए ।
‘लामो समय सम्म राष्ट्रिय राजनीतिमा  गठबन्धन दलको मान्यताअनुसार सुदूरपश्चिममा पनि हामीले गठबन्धन भित्र रहेर सरकार सञ्चालन गरेका थियौ । सरकार सञ्चालन गर्ने क्रममा सरकार भित्र रहेका मन्त्रीहरूको भूमिका अत्यन्तै सराहनीय रहेको थियो’ उनले भने ‘वहाहरु सबैलाई धन्यावाद दिन चाहन्छु । राम्रो टिम स्पिडमा काम पनि अगाडी बढेका थिए । आज आएर राष्ट्रिय राजनीतिमा गठबन्धन दलभित्र नयाँ परिस्थिति निर्माण भइसकेपछि यसको स्वाभाविक असर प्रदेशहरूमा पनि पर्ने भो ।’
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.