नयाँ गठबन्धनका विषयमा समाजवादी र जसपाको बैठक बस्दै

 

नयाँ गठबन्धनमा सहभागी हुने नहुने विषयमा नेकपा एकिकृत समाजवादी पार्टी अन्योलमा परेको छ । नेकपा एमालेसँगको निकै खराब सम्बन्धका कारण केही नेताहरुले एमालेसहितको यो गठबन्धनमा जान नहुने धारणा राखेका छन् ।

maya metro hospital

केहीले भने गठबन्धनमा जानुपर्ने तर्क राखेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र गठबन्धनमा सामेल हुने÷नहुनेबारे छलफल गर्न अहिले केहीबेरमा सचिवालयको बैठक बस्न लागेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताए ।

यसैबीच जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।

attariya hospital

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे बस्न लागेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारमा सहभागिताको विषय, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल हुनेछ । जसपाको बैठक आज बिहान ८ बजे पनि बसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.