सुदूरपश्चिम प्रदेशसभा नियमावली संशोधन मस्यौदामा छलफल

धनगढी  – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८०को संशोधन मस्यौदामाथि छलफल भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभाका सदस्य तुल्सी देवकोटा, ओमविक्रम भाट र वीरबहादुर थापाले प्रदेशसभा नियमावली संशोधनको विषय समयानुकूल रहेको बताए ।

maya metro hospital

त्यसअघि प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिका सभापति विक्रमसिंह धामीले प्रस्तुत गरेको ‘संशोधन मस्यौदामाथि छलफल गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

citizen security services

समितिका सभापति धामीले छलफलका क्रममा नियमावलीमा सभामुखको भूमिकालाई थप प्रभावकारी बनाउने, विशेष समितिको कार्यक्षेत्रलाई थप शक्तिशाली बनाउनेलगायत बुँदामा संशोधन प्रस्ताव गरिएको बताए ।

attariya hospital

सामाजिक विकासमन्त्री झपटबहादुर साउदले पेस गरेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संशोधनको सूचनासहित दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकउपर संशोधनको सूचना सचिवालयमा दर्ता गराएका थिए ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक टेबल गरे ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.