खगराज भट्टलाई दलको नेता र इन्चार्जबाट हटाइयो

काठमाडौं – माओवादी केन्द्रले स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको छ । माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो । माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

maya metro hospital

बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टलाई दलको नेताबाट हटाउने संसदीय दलका बहुमत सदस्यको निर्णयमा सहमति जनाएको छ ।

citizen security services

साथै जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने भनेर भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाएको छ । यो निर्णयमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै असहमति राखेका छन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.