धनगढी – नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सोमबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रम जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित यज्ञराज ढुंगानासहितका पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसीले उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढुंगानाले पदभार समेत ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै ढुंगानाले एमालेभित्र नेतृत्व पंक्तिमा बस्ने नेताहरुले गुटबन्दी मौलाएको बताउँदै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
