खाेज्नुहाेस

राजेन्द्र महतोले लोसपा छाडे, मुक्ति आन्दोलन गर्ने

Image

राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी छाडेका छन् । सोमबार पत्रकार सम्मेलनमाफर्त मुक्ति आन्दोलनको घोषणा गर्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन । महन्थ ठाकुर नेतृत्वको लोसपामा उनी वरिष्ठ नेता थिए ।

navjiwan hospital

उनले जनताको मुक्तीका लागि एकल र छुटफुट रुपमा संभव नभएको भन्दै सबैले आफूले घोषणा गरेको मुक्ति आन्दोलनमा सहभागी हुन अपिल गरे । महतोले छुट्टै पार्टी बनाउने योजनाका साथ लोसपा छाडेका हुन् ।

add everest academy
attariya hospital

उनले भने, ‘अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पिडित समुदायबाट सम्भव नै छैन तसर्थ बिद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलान्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली बैभव प्राप्त गर्न सम्भव छ, यसको निम्ति यस नविन युगका नविन नेपाल निर्माण निम्ति युगिन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा सादर आह्वान गर्दछु ।’