एमाले कैलाली जिल्ला कमिटीमा गोदावरीबाट २२ जना निर्वाचित

अत्तरिया – नेकपा एमाले कैलालीको जिल्ला कमिटीमा गोदावरीबाट २२ जना निर्वाचित भएका छन । एमाले कैलालीको ९ औँ जिल्ला अधिबेशनबाट एक पदाधिकारी सहित २२ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका हुन ।
निर्वाचित हुनेमा उप–सचिवमा गंगा कुमारी चौधरी रहेकी छिन । यस्तै खुल्ला सदस्यमा आनन्द भट्ट, भिष्म सुवेदी, टेक बहादुर बुढा, टिकाराम आचार्य र लाहानु चौधरी निर्बाचित भएका छन् ।

maya metro hospital

यस्तै भूगोल सदस्यमा गम मिजार, गणेश जिमि साउँद, जीवन शाह, नैन सिँ कार्की, योगेन्द्र सिँह र बल बहादुर चौधरी निर्बाचित भएका छन् भने भूगोल महिला सदस्यमा ईश्वरा आचार्य, खिमा देबी साउँद, संगिता देबी बिश्वकर्मा र डम्मा खड्का निर्बाचित भएका छन् ।

त्यस्तै भुगोल युवा तर्फ गणेश महरा र लोकेन्द्र धामी जिल्ला कमिटी सदस्यमा निर्बाचित भएका छन् ।

attariya hospital

यस्तै लेखा समितिको संयोजकमा रामचन्द्र जोशी र सदस्यमा बालकृष्ण भट्टराई निर्बाचित भएका छन् । त्यस्तै जिल्ला युवामा सुद्धीराम चौधरी र श्रमिकबाट हिरा विष्ट निर्वाचित भएका छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.