नेदरल्यान्ड्ससँग नेपाल पराजित

त्रिवि मैदान कीर्तिपुरमा भएको आइसिसी विश्वकप लिग – २ क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो ।

maya metro hospital

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । जितको लागि विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौका मदतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए । साएब्रान्ड एंगलब्रेक्टले७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए ।

यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपामलले ४९.२ ओभरमा अल आउट हुँदै एक सय ७२ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको अर्धसतकीय पारी खेले ।

attariya hospital

त्यस्तै, करण केसीले २६, आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई/दुई तथा रोएलोफ भान डर मार्वे र बास डे लिडेले एक/एक विकेट लिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.