एमाले कैलाली अध्यक्षमा ढुङ्गाना विजयी

कैलाली – नेकपा एमाले कैलाली अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी भएका छन्। ढुङ्गानाले प्रतिसपर्धी डेजी पाण्डेलाई ६९ मतले पछि पार्दै ढुङ्गाना विजयी भएका हुन् । उनको २८७ मत छ भने पाण्डेको २१८ छ। अर्का उम्मेदवार दुर्गा जोशीको ६३ मत रहेको छ ।

maya metro hospital

उपाध्यक्षमा लोकेन्द्र बहादुर शाही विजयी भएका छन्। शाहीले १९३ मत ल्याउँदा प्रतिसपर्धी दल बहादुर विष्टले १८८ मत ल्याएका छन ।

सचिवमा ममता प्रसाद चौधरी विजयी भएका छन्। चौधरीले २४३ मत ल्याउँदा उनका प्रतिसपर्धी दान बहादुर विश्वकर्माले १५७, मत ल्याएका छन्।

attariya hospital

उपसचिवमा चूडामणि भट्ट विजयी भएका छन । उनी २५१ ल्याउँदै विजयी भएका हुन । उनका प्रतिसपर्धी भुवन रिजालले १२४ मत ल्याए।

उपसचिव महिलामा गङ्गा कुमारी चौधरी विजयी भएकी छन्। चौधरीले १९९ मत ल्याउँदै विजयी भएकी हुन। उनका प्रतिसपर्धी शान्ति देवि सिंहले १६१ मत ल्याइन।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.