एमाले कैलालीको मतदान सकियो, आजै मतगणना हुने

धनगढी – नेकपा एमाले कैलालीको नयाँ नेतृत्वका लागि मतदान सकिएको छ । शुक्रबार भएको मतदानमा ५८० जनाले मतदान गरेका छन। निर्वाचन समितिका अनुसार निर्वाचनको मतगणना आज राति ११ बजे देखि सुरु हुने भएको छ ।

maya metro hospital

एमाले कैलालीको नेतृत्वको लागि अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् । उपाध्यक्षमा गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

citizen security services

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ ।

attariya hospital

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.